दफा ६४५
आफूले लिएको काम बीचैमा छोडन् नहुनेः

(१) कसैले कुनै काम गर्न जिम्मा लिई वा कबुल गरिसकेपछि त्यस्तो काम पूरा नगरी मनासिब कारण बिना बीचैमा छोड्नु हुँदैन ।
(२) उपदफा (१) बमोजिम कसैले बीचैमा काम छोडेमा त्यसको दायित्व काम छोड्ने व्यक्तिले व्यहोर्नु पर्नेछ ।